Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै १३ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ?


    बिहिबार, पुष १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको पाँचौं दिन बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामै १ हजार ३ सय रुपैयाँले घटेको जानकरी दिएको छ ।

    अघिल्लो दिनको तुलनामा बिहीबार सुन तोलाको १३ सय रुपैयाँले घढ्दा चाँदीमा ३० रुपैयाँको गिरावट आएको महासंघले जनाएको छ।

    महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै चाँदीको मूल्य बुधबारको तुलनामा बिहीबार ३० रुपैयाँले कमी आई १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार