काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले तीन अंकको स्पष्ट अग्रता लिएको छ । सोमबार भएको खेलमा न्युकासललाई ४-२ गोलले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानमा रहेको एस्टन भिल्लालाई ३ अंकले पछाडि छाडेको हो ।
घरेलु मैदानमा उत्रिएको लिभरपुलका लागि मोहमम्द सलाहले २ तथा कुर्तिस जोन्स र कोडी गाक्पोले एक एक गोल गरे । सलाहले खेलका सुरुवातमा प्राप्त पेनाल्टी भने सदुपयोग गर्न सकेका थिएनन् ।
२२ औँ मिनेटमा सलाह उक्त अवसरमा चुकेका थिए । तर ४९ औँ मिनेटमा लिभरपुलले सलाहकै गोलमा अग्रता लियो । ५४ औँ मिनैटमा न्युकासलले खेल बराबरीमा त ल्यायो तर लामो समय टिक्न सकेन ।
७४ औँ मिनेटमा जोन्स र त्यसको चार मिनेटपछि गाक्पोले गोल गरेपछि घरेलु टोली ३-१ गोलले अगाडी बढेको थियो । ८१ औँ मिनेटमा न्युकासलले गोल फर्काउँदै पुनरागमनको प्रयास गर्यो । तर ८६ औँ मिनेटमा सलाहले गोल थप्दै भ्रमणकारी टोलीको उक्त प्रयास जटिल बनाइदिएका थिए ।
२० खेलपछि लिभरपुलको ४५ अंक छ। समान खेल खेलेको एस्टन भिल्लाको ४२ अंक छ। १९ खेलबाट ४० अंक भएको म्यानचेस्टर सिटी तेस्रोमा छ । प्रिमियर लिगको यो सिजन सलाह सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा उक्लिएका छन् ।
उनले १४ गोल र ८ असिस्ट गरेका छन् । दोस्रो स्थानमा रहेका म्यान सिटीका हालान्डको नाममा १४ गोल र ४ असिस्ट रहेको छ। हालान्ड अहिले चोटका कारण मैदान बाहिर छन् । उनले प्रिमियर लिगका पछिल्ला चारसहित क्लबले खेलेका ७ खेल चोटका कारण गुमाइसकेका छन् ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend