Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति


    सोमबार, पुष १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । आज गृह मन्त्रालयमा भएको छलफलमा चार बुँदे सहमति भएको हो ।

    जसमा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमतिपत्रमा उल्लेख छ । यस्तै सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति समेत भएको छ ।

    मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार