काठमाडौं । बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकबाट श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न निर्देशन दिइएको हो ।
समितिका सभापति रामहरि खतिवडाले सो घटनामा मृत्यु भएकाका परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताए । समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन समेत सरकारलाई निर्देशन दिएको छ ।
रामहरि खतिवडाले सुनाएको समिति बैठकका निर्णय पढ्नोस्–
– पुस १३ गते शुक्रबार भएको ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुईजना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएकाका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।
– दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।
– घटना सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बन पर्ने र अरू उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न, न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने ।
– उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयमन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने । यसप्रकारका घटना अब आइन्दा नहोस् भनी सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।
– सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन, यथेष्ट र पर्याप्त उपलब्ध गराउन निर्देशन दिने । न्युज एजेन्सी नेपाल
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend