काठमाडौँ। बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आज (आइतबार) बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समिति गठन गर्ने सहमति बनेको हो ।
त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबारै निर्देशन दिएका छन् । सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने र सोमबारबाटै काम सुरु गर्नेछ ।
‘पूर्व न्यायाधीशको नेतृत्वमा बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको छ’, भौतिक मन्त्री प्रकाश ज्वालाले भने, ‘आइतबार बस्ने क्याबिनेट बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्छ र सोमबारबाटै समितिले काम थाल्छ ।’
बालुवाटार बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने– ‘बालकुमारी गोल काण्डबारे छानबिन गर्नका लागि छानबिन आयोग ऐन २०२६ बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीजीले गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । गृह मन्त्रालयले भोलि बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएर मन्त्रिपरिषद्ले निर्णय गरी भोलि दिउँसोदेखि नै आयोगले काम गर्ने व्यवस्था मिलाउने कुरा भएको छ ।’
यसअघि घटना भएकै दिन पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो । तर उक्त छानबिन समितिप्रति मृतकका परिवारले असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राख्दै आएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend