काठमाडौँ। आज साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ११.१७ अंकले घटेको छ। यसदिन नेप्से ०.५३ प्रतिशतले घटेर २०५७.७३ विन्दुमा बन्द भएको छ।
आजको बजारमा ४ अर्ब ३८ करोड ७३ लाख ३७ हजार १०५ रूपैयाँको सेयर कारोबार भएको छ।
बिहीबार ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रूपैयाँको सेयर कारोबार भएको थियो। यो रकम अघिल्लो दिनको तुलनामा ९ करोड रूपैयाँ बढी हो।
यस दिन ३०६ वटा धितोपत्रको १ करोड १६ लाख ३४ हजार ७९३ कित्ता सेयर किनबेच भएको हो। सोमबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
सिइडिभी हाइड्रोपवर र चिरख्वा हाइड्रोपवरको सेयरमूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य एक हजार ४५ रूपैयाँ र ४८३ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, नेपाल वेयर हाउजिङ र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ। यसैगरी, मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।
यसैगरी, मोलुङ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.०९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ३७५ रूपैयाँ पुगेको छ।
यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ६.५९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७८ रूपैयाँ कायम भएको छ।
सोमबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४५६ रूपैयाँ १० पैसामा १९ करोड ८० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७९ रूपैयाँमा १९ करोड ५६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend