Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज सुनचाँदीको मूल्य


    सोमबार, पुष १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै सुनचाँदीकै कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको मूल्य कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । महासंघले आज तोलामा १४ सय ५५ रुपैयाँ कायम हुँदै चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार