काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी र मन्त्रीको ज्यानको सवाल भएकाले प्रहरीले बाध्य भएर बल प्रयोग गरेको उल्लेख गरेका छन्। साथै उनले प्रहरीले उक्त घटनामा बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने बताएका छन् ।
शुक्रबार ईपीएस कोरिया शाखाको कार्यालय आसपासमा भएको प्रदर्शनमा भएको गम्भीर घटनाबारे आज (सोमबार) राज्यव्यवस्था तथा सुशासन समितिमा जानकारी गराउँदै उनले माथिल्लो निकायसँग समन्वय नै नगरिकन गोली प्रहार भएको र बल प्रयोग भएको जानकारी गराएका हुन्। प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर चौरपाटी– १ सिउडी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।
माथिल्लो निकायसँग समन्वय नगर्दा समस्या देखिएकाले फिल्ड कमान्डरलाई निलम्बन गरिएको उनले बताए। कुँवरले भने,‘बल प्रयोग नगर्नू भन्ने निर्देशन दिएको अवस्था थियो। कम्युनिकेसनमा विधि, व्यवहार एउटा होला। त्यो छानबिनको क्रममा आउँला तर, माननीय मन्त्रीज्यू, गाडीभित्रै भएको अवस्था आँकलन भयो, कम्युनिकेसन भयो र बल प्रयोग नगर्दा अवस्था जटिल हुन्छ भनेर बल प्रयोग हो। मन्त्री ज्यू भन्नेबित्तिकै प्रहरीले धैर्यता गुमाएको र आवेशको अवस्था जस्तो देखिन्छ।’
संसदीय समिति बैठकमा कुवँरले आन्दोलन चलिरहेको समयमा मन्त्रीको गाडी सोही रुट भएर गएपछि प्रदर्शनकारीहरू थप अग्र बनेको उल्लेख गरे।
उनले भीड छिचोल्न गोली चलाएको पाइएकोसमेत बताए।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend