काठमाडौँ। गत २७ मंसिरदेखि बन्द रहेको प्याराग्लाइडिङ उडान पोखरामा आज आइतबारदेखि सुरु हुने भएको छ । फस्ट कम फस्ट सर्भिसका आधारमा अब कम्पनीहरूले आफूले बुक गरेका ग्राहक आफैँले उडाउन पाउने भएका छन् ।
नेपाल हवाई खेलकुद संस्था (ना)अन्तर्गत पोखराका प्याराग्लाइडिङ व्यवसायी आबद्ध छन् । ‘ना’ले पोखरामा हुने उडानको व्यवस्थापन गर्दै आएको छ । ना, प्याराग्लाइडिङ कम्पनी र प्याराग्लाइडिङ फ्लाइटबीच उडानको विषयमा २५ मंसिरदेखि विवाद सुरु भएको थियो । त्यसपछि पाइलटले २७ गतेबाट उडान नगरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २९ मंसिरदेखि उडान रोकेको थियो ।
क्यान, ना, कम्पनी र पाइटलका प्रतिनिधिबीच १२ पुसमा भएको सहमतिका आधारमा शुक्रबार क्यानले ‘ना’लाई पत्र पठाउँदै उडान पुनः सुरु गर्न अनुमति दिएको ‘ना’का अध्यक्ष सुनीलबहादुर भट्टराईले बताए । क्यानको शुक्रबारको निर्णयपछि शनिबार ना, प्याराग्लाइडिङ कम्पनी र प्याराग्लाइडिङ फ्लाइटबीच छलफल भएर आइतबारदेखि उडान गर्ने निर्णय भएको उनले जानकारी दिए ।
यस्तो थियो विवाद
पोखरामा प्याराग्लाइडिङका ५९ कम्पनीमा प्याराग्लाइडिङ उडान लाइसेन्स लिएका तीन सय ७५ पाइलट छन् । अन्य एक सय ५० पाइलट गरी पाँच सयको हाराहारीमा पाइलटहरू पोखरामा छन् । पोखरामा यसअघि एकद्वार प्रणालीबाट उडान हुँदै आएको थियो । कम्पनीहरूले बुकिङ लिन्थे र उडानका लागि अल्फाबेटिक अर्डरअनुसार ‘ना’ले कम्पनीहरूलाई अनुमति दिँदै आएको थियो ।
प्याराग्लाइडिङ उडानका विषयलाई लिएर गत वर्ष २५ मंसिरमा ‘ना’ले सरोकारवालाको संयुक्त भेला आयोजना गरेको थियो । भेलामा सर्वसम्मत रूपमा यसअघिदेखि हुँदै आएको एकद्वार प्रणालीलाई निरन्तरता दिने निर्णय भयो । त्यसपछि २७ मंसिरमा २१ कम्पनीले २५ गतेको निर्णय नमान्ने भन्दै आफूले बुक गरेकालाई आफैँले उडाउन पाउनुपर्ने, मूल्य पनि आफैँ तोक्न पाउनुपर्ने, खुला बुकिङ गरी उडान गर्न पाउनुपर्ने र एकद्वार प्रणाली लागू गरे कानुनी उपचारमा जाने भन्दै ‘ना’लाई संयुक्त रूपमा पत्र बुझाएका थिए ।
२१ कम्पनीले एकद्वार प्रणालीमा असहमत जनाएपछि उनीहरूको मागअनुसार बुकिङ सिस्टम खुला गरिएको भन्दै २७ गते ‘ना’ले सूचना जारी गरेको थियो । तर, सुरक्षा चुनौती रहनेलगायतका कारण देखाउँदै पाइलटहरूको संस्था नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले विरोध गर्दै उडान गर्न असमर्थ रहेको जानकारी २७ गते नै पत्रमार्फत ‘ना’लाई दिएको थियो । विवाद देखिएपछि क्यानले २९ मंसिरदेखि उडान बन्द गरिदिएको थियो ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend