झापा। प्रहरीले झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई गरेको छ । पक्राउ पर्नेहरू मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ निवासी २९ वर्षीय मनिस मोक्तान र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३७ वर्षीय रीगबहादुर दर्जी रहेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राती पौने ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ३६४८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेका थिए।
उक्त चेकजाँचको क्रममा उनीहरूबाट १०० ग्राम १५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
काठमाडौँ। काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। आइतबार बिहान ८:५५ बजे आगलागी भएको सूचना प्राप्त भएपछि दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी)ले गएको असोज २३ गते पक्राउ गरी धरौटीमा छुटेका बिचौलिया नवीनराज बस्नेतमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पनि अनुसन्धान...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गएराति करिब ११स्५० बजे कोशी लोक मार्गमा उत्तरबाट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend