Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय


    सोमबार, कार्तिक ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । गत असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक भएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् । 

    जसअनुसार नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने, अधिकार क्षेत्र तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठनकाे निर्णय भएको छ । अदालतको अध्यक्षमा रामप्रसाद ओली र सदस्यमा प्रेमकुमार राई र नीशा बानिया रहेका छन् । 

    यसैगरी नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि थप गर्ने, सचिवहरुको सरुवा गर्नेलगायतका निर्णय समेत बैठकले गरेको हाे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार