Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली चिकित्सक प्रहरीको नियन्त्रणमा


    आइतबार, चैत्र २३ २०७६
    740
    Shares
  • २ मिनेट पाठ
  • भद्रपुर, २३ चैत ।  नक्कली चिकित्सकको  भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले  नियन्त्रणमा लिएको छ। 

    नियन्त्रणमा  पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन्। लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा  धरान हुँदै आज बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए। काठमाडौँदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो।

    दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ भने सवारी साधन प्रहरी कार्यालयमै राखिएको छ।  प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागू औषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशङ्का गरिएको बताएका छन्। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार