Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नेकपाले सांसदहरूको दशैं भत्ता कोरोना कोषमा राख्ने


    सोमबार, कार्तिक ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चर्को विरोधपछि सत्तारुढ नेकपाले आफ्नो दलका संघीय सांसदहरुलाई दिइएको दशैं भत्ता फिर्ता गर्ने तयारी गरेको छ । नेकपाका नेता सुवास नेम्वाङका अनुसार दलले यो रकम कोरोना महामारीसँग लड्नका लागि सरकारले स्थापना गर्ने कोषमा राख्ने निर्णय गरेको छ । 

    ‘बिहानदेखि नै दुवै सदनका दलका अधिकारीबीच छलफलमा लागेका थियौं । व्यक्तिगत रूपमा फिर्ता गर्नेभन्दा संस्थागत रुपमा गरिएको हो । कोरोना महामारीको बेला साधारण ढंगले दशैं मनाउँछौं भनेर हामीलाई आएको दशैं भत्ता सरकारले स्थापना गरेको कोरोना कोषमा राख्ने निर्णय गरेका छौं,’ नेम्वाङले भने ।

    नेकपा राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले दलका पदाधिकारीसँग छलफल पछि रकम कोरोना कोषमा राख्ने निर्णय भएको बताए ।

    मन्त्रीहरुले पनि फिर्ता गर्ने तयारी

    नेकपा स्रोतका अनुसार मन्त्रीहरुले पनि दशैं भत्ता फिर्ता गर्ने तयारी भएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर यसको घोषणा गर्ने तयारी भइरहेको एक मन्त्रीले बताए । उनका अनुसार सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।

    २०७६ को दशैंमा सरकारले सांसद र उनीहरुका स्वकीय सचिवलाई दसैं भत्ता स्वरुप एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको थियो । कोरोना महामारीले देश आक्रान्त भएका बेला सांसदहरुलाई भत्ता दिइएको भन्दै व्यापक विरोध भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार