नेपालफेस डटकम अनलाइनबाट २३ मंसिर, २०८० मा ‘हाजिर नगरी तलब बुझ्ने करोडपति सुब्बा, सुब्बाको अनियमितता रोक्न नसकेपछि हाकिमले नै सरुवा मागे’ , ‘संघीय सचिवालय व्यवस्थापन कार्यालयबाट धमाधम सरुवा हुँदै कर्मचारी’ शीर्षकमा प्रकाशित समाचारको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा हाम्रो कुनै संलग्नता नभएको अवस्थामा त्यहाँ अनलाइनबाट यसरी प्रायोजितरुपमा व्यक्ति र संस्थाको चरित्रहत्या साथै उक्त प्रकाशित समाचारले स्थायी रुपमा रहेको कर्मचारीतन्त्रको संस्थागत नै बदनाम हुने तथा व्यक्तिगत रुपमा मानवअधिकारको हनन भएको समेत महसुस गरेका छौं । उक्त समाचारमा प्रकाशित तपशिलका विषयमा खण्डन गर्दछौं र उक्त खण्डनलाई क्षमायाचना सहित प्रकाशित गर्न अनुरोध गर्दछौं ।
यस संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यलय सानो गौचरणमा नेपाल सरकारको ऐन, नियम र कानून बमोजिम आवश्यक कार्यविधि समेत निर्माण गरी सबै काम कारवाही संस्थागत गर्ने गरेको छ । यहाँ कुनै व्यक्तिगत ढङ्गबाट कार्यलयको काम हुन नसक्ने भएकाले नियमको पालना भएको छ ।
यस कार्यलयमा कुनै व्यक्तिले प्रभाव पार्न नसक्ने र नपारेकाले अनियमितता नभएको ब्यहोरा अनुरोध छ । यस कार्यलयमा कार्यरत नायब सुब्बा, कार्यालय प्रमुख र समग्र कर्मचारीहरुको बदनाम हुनेगरी आर्थिक रुपमा हिनामिना र भ्रष्टाचार गरिएको भनिएको रहेछ कुन हिसावले रु कसरी रु भनिएको हो आर्थिक मामिला कुनै एक पैसा पनि हिनामिना गरेको र फर्जी विल सदर गरेको, कर्मचारीले आरोप लगाएर सरुवा कहाँ मागेकोरु कसलाई लगाएको रु जहाँ यस सम्बन्धी काम समेत भएको छैन ।
निवास हेर्नेले कसरी धम्की दिएको रु कसलाई रु किन रु आयोगले कसलाई मुद्दा लगाएको रु कहिले रु भनेर गलत काम गरेको जस्ता बेतुकका आरोप लगाएको थुप्रै विषय उल्लेख भएको अनुसारका प्रमाण भए पेश गर्न चुनौति दिन चाहन्छौ । यस भन्दा पहिला समेत पटक पटक यस्ता अनर्गल आरोपका समाचारहरुको समेत पुष्टी गर्न थप चुनौती दिन चाहन्छौ । यस कार्यालयले विधिको शासनमा रही लेखा राखने सफट्वेयर स्टोरको पाम्स लगायतका नविनतम प्रविधिको प्रयोग गरी अडिट समेत हुने गर्दछ । साथै कुनै पनि कार्यहरु तहगत रुपमा अगाडि बढ्ने गरेको तथ्य समेत जगजाहेर गराउन चाहन्छांै । यसरी शाखाहरुबाट नियम बमोजिम हुने कामहरुमाथि यस मिडियाबाट अशोभनीय आरोप लगाई कर्मचारीहरुको नैतिक पतन गर्ने गरी संस्थालाई नै आक्षेप लगाएको छ ।
वार्षिक आ।ले।प। म।ले।प। हुने र सबै काम नियम बमोजिम प्रकृयागत रुपमा भएको छ । यसरी झुटा आरोप लगाउने र नाजायज फाइदा खोज्ने कार्यप्रति घोर निन्दा र भर्सना गर्दछौ । लगायतका आरोप पटक पटक भएको र संस्था तथा कर्मचारीलाई चोट पुर्याउने कार्य भएकोले चाँडो प्रमाण पेश गरी पुष्ट्याई नगरेमा कानून बमोजिम हुने व्यहोरा समेत जानकारी गराइन्छ । यस्ता विषय समाचारमा आउनु कपोक्लपित पत्रकारिताको पराकाष्टा हो ।
यदि समाचारमा लेखिएको जस्तो कार्य भए गरेको भए प्रमाणित गर्न चुनौती दिन चाहन्छौ । साथै समाचार राखिएको तस्बीर नायब सुब्बाको र हाम्रो कार्यालयको बिना अनुमति राखिएको छ । पत्रकार आचारसंहिता अनुसार समाचारमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिनुपर्ने प्रचलित व्यवस्था रहेकाले खण्डन प्रकाशित गर्न अनुरोध छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend