काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकाे छलफल बिना निष्कर्ष टुंगिएकाे छ ।
पछिल्ला केहिदिन नेकपा अध्यक्षद्वय ओली र दाहाल कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सल्ट्याउन लागि परेका छन् । आज पनि साेही बिषयमा छलफल भएकाे भएपनि टुंगाेमा पुग्न सकेकाे छैन ।
प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षलाई अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने बताएका थिए ।
प्रचण्डले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । र, त्यही अनुसार दुईजना अध्यक्ष आइतबार छलफलमा जुटेका थिए ।
तर, छलफल जारी राख्ने निचोड निकाल्दै बैठक टुङ्गिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । बैठकमा कुनै निष्कर्ष नपुगेपछि छलफललाई निरन्तरता दिने सहमती भएकाे उनले बताए ।
अघिल्लो आइतबार संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend