Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापा र गणेश तिमिल्सिनासहित चार सांसदले फिर्ता गरे दशैं भत्ता


    आइतबार, कार्तिक २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दशैं भत्ता फिर्ता गर्ने सांसदको संख्या बढ्ने क्रम जारी छ । अहिलेसम्म राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहित चार जनाले दशैं भत्ता फिर्ता गरेका छन् । 

    संघीय संसद् सचिवालय स्रोतका अनुसार नेकपा सांसद भीम रावल र सूर्यप्रसाद पाठक तथा नेपाली कांग्रेसका सांसद गगन थापाले दशैं भत्ता फिर्ता गरेका छन् ।

    नेकपा सांसद जनार्दन शर्माले पनि दशैं भत्ताको विरोध गर्दै भेन्टिलेटर किन्ने काममा खर्च गर्नुपर्ने बताएका थिए । 

    बाग्लुङबाट प्रतिनिधित्‍व गर्ने नेकपा सांसद सूर्यप्रसाद पाठकले पनि दशैं भत्ता सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

    दशैं भत्ता बराबरको रकम आगामी महिनाको पारिश्रमिकबाट कट्टा गरी सरकारी कोषमा दाखिला गर्न  उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

    यस्तै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले पनि दशैंभत्ता बापत आएको एक महिना बराबरको रकम बागमती प्रदेश कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार