काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा चौतर्फी विकास गर्न सरकारले चाहे पनि कोरोनाले समस्या ल्याएको बताएका छन्।
आइतबार झापाको दमक अस्पताल भवनको भर्चुअल शिलान्यास गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् बताए।
‘चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ। तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ,’ उनले भने, ‘अनेक ठाउँमा शिलान्यास भइरहेका छन्। विद्यालय, विश्वविद्यालय, बाटा, सरकारी भवन निर्माण भैरहेको छ।’
उनले देश विकास भैरहेको बताउँदै हरेक दिन शिलान्यास भैरहेको समेत दावी गरे । प्रधानमन्त्री ओलीले झापामा बन्न लागेको रङ्शालामा अवरोध हुनु दुःखद भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिले तोकिएको ठाउँमा रङ्गशाला बनाउन अवरोध भए ठाउँ सारेर भए पनि बनाइ छाड्ने अठोट व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकारले पछिल्लो समय हवाइ उड्डयन क्षेत्रमा ठुल्ठूला प्रगति हासिल गरेको बताए । उनले छिट्टै पूर्वपश्चिम रेलमार्ग पनि बनााउने र जल यातायात पनि सुरु गर्ने जिकिर गरे । रेल्वे सेवाका लागि नयाँ रेल खरिद गरेर ल्याइसकिएको उनको भनाइ थियो ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सरकार कोभिड-१९ नियन्त्रणमा लागिपरेको र चाँडै सफलता मिल्ने जिकिर पनि गरे ।
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend