Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • उखु किसानको ५२ करोड बक्यौता भुक्तानी दिने सरकारको निर्णय


    आइतबार, पुष १ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ।

    आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार