Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


    आइतबार, मंसिर २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् ।

    आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताएकी हुन् ।

    उनले देशमा सबै कुराहरु राम्रो भएपनि नेताहरु भने भ्रष्ट रहेका बताइन् । पूर्वप्रधानन्यायाधीश कार्कीले भोलि आउने नेताहरु पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताइन् ।

    भ्रष्टाचारको सन्दर्भमा नेताहरुलाई मात्रै दोष दिन भने नमिल्ने उनकाे भनाइ छ । उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार