काठमाडौँ। एसिसी यू-१९ एसिया कप क्रिकेटमा श्रीलंकाले जापानलाई पराजित गरेको छ।
आज शनिबार युएईको आइसिसी एकेडेमी ओभल-२ मा भएको खेलमा ७५ रन बनाएर अल आउट भएको जापानमाथि श्रीलंकाले ७ विकेटको सहज जित हात पारेको हो।
श्रीलंकाले १२.२ ओभर खेलेर जापानविरुद्ध ७६ रनको लक्ष्य पूरा गरेको हो। उसले सो अवधिमा तीन विकेट गुमाएको थियो।
श्रीलंकाका लागि कप्तान सिनेथ जयवर्द्धनेले नटआउट २६ र दिनुरा कलुपहानाले नटआउट ६ रन जोडे।
त्यसअघि रसुन्डा गमेजले १८ रन ओपनर पुलिन्दु पेरेराले १३ रन र हिरुन कपुरूबन्दराले ३ रन जोडे।
बलिङतर्फ जापानका केइफर लेकले २ र कजुमा कतोले १ विकेट लिए। त्यसअघि टस जितेको श्रीलंकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ३०.३ ओभरमा अल आउट हुँदै ७५ रन जोडेको थियो।
जापानका लागि चार्लेस हिन्जेले ३६ रन बनाए, कप्तान कोजी आबेले १९ रन र केइफर लेकले १० रनमात्रै बनाए। पाँच जना ब्याटर शून्य रनमै आउट भए भने दुईजनाले २/२ रन बनाए।
जितसँगै श्रीलंकाले जारी यू-१९ कपमा सुखद सुरूवात गरेको छ। समूह ‘ए’ बाट भारत र पाकिस्तान आइतबारको खेलमा विजयी भएका थिए। समूह ‘बी’ को अर्को खेल बंगलादेश र श्रीलंका खेलिरहेका छन्।
नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छ भने समूह ‘बी’मा श्रीलंका, युएई, बंगलादेश र जापान छन्।
दुई समूहका शीर्ष दुई/दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल जित्ने दुई टिमले पुस १ गते फाइनल खेल्नेछ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend