Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राससको हवाला दिंदै अनलाइनमा यस्तो समाचार आएपछि…


    शनिबार, चैत्र २२ २०७६
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं ।  लकडाउनमा नागरिक घर घरमा बसेका छन् । कोरोना भाइरसको त्रासले मानव जातिमाथि नै संकट पैदा गरेको छ । तर अनलाइनहरुले भने भ्रम छर्ने प्रयास गरेका छन् ।

    सरकारी स्वामित्वको राष्ट्रिय समाचार समितिको हावाला दिंदै ‘सुदूरसमाज डट कम’ अनलाइन न्यूज पोर्टलले यस्तै तथ्यहीन समाचार प्रवाह गरेको छ । जुन समाचार राससमा प्रकाशित नै नभएको राससले स्पष्ट पारेको छ । उक्त अनलाइनले यही चैत २१ शुक्रबार ‘मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने प्रधानमन्त्री ओलीको तयारी’ शीर्षक राखी प्रकाशन गरेको समाचार राससबाट कहिले पनि कुनै बुलेटिनमा प्रकाशन नभएको प्रष्ट पारिएको छ । 

    रासस जस्तो विश्वसनीय, आधिकारिक एवं सत्य समाचार सम्प्रेषण गर्ने राज्यको समाचार समितिलाई सङ्कट एवं विषम परिस्थितिको फाइदा उठाई बदनाम गर्ने र जनमानसलाई भ्रमित गर्ने उद्देश्यले यस्तो हर्कत विगतमा पनि केही अनलाइनले गरेका थिए र अहिले पनि गरिँदै छ । राससबाट प्रकाशन नै नभएको र कुत्सित उद्देश्यले ‘रासस’ भनी झुटाप्रेस काउन्सिलले तत्काल कारबाही गरोस्, राससका प्रधानसम्पादकका नाममा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार