काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक १०.१० अंकले घट्दै १८ सय ३७.७१ अंकमा ओर्लिएको हो ।
सेन्सेटिभ इन्डेक्स समेत आज २.१४ अंकले घट्दै ३५१.०७ अंकमा झरेको छ । तथापि, यता कारोबारमा भने केहीँ सुधार हुँदै आज १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज जीवन बीमा समूह बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.५७ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक क्रमशः १.७१ प्रतिशत र १.११ प्रतिशतले घटेका छन् । जीवन बीमा समूहको उपसूचक भने आज ०.१६ प्रतिशतले मात्र बढेको छ ।
यस दिन सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बिसाल बजार कम्पनी लिमिटेडको सेयर मूल्य ९.५३ प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend