Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सिंगो देशको माग छ : विश्वप्रकाश शर्मा


    बिहिबार, असोज २९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय बुढीगण्डकीमा भएको भ्रष्टाचारको कुरा चलेसँगै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो विचार राखेका छन् । उनले ठूला भ्रष्टाचार काण्डको गहिरो छानबिन गर्न सार्वजनिक दबाब बढाउनुपर्ने बताएका छन्। उनले वाइडबडी जहाज खरिदमा भएको अनियमिततादेखि लडाकुको राशनसम्मको छानबिन गरिनुपर्ने बताएका हुन्।

    ‘भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सिंगो देशको माग छ,’ बिहीबार ट्वीट गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘वाइडबडि, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेतl’

    भ्रष्टाचारबारे गहिरोसँग छानविन गरी कारवाही अघि बढाउन दबाब बढाउनुपर्ने उनको भनाई छ। ‘गहिरो छानबिन र कडा कारवाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं,’ शर्माले भनेका छन्।

    उनले गत मंसिरमा कांग्रेसले तयार पारेर प्रकाशित गरेको बूढीगण्डकी आयोजनाबारेको छोटो भिडिओ पनि ट्वीट गरेका छन्।

    हालै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा ९ अर्ब कमिसन बाँडेर खाएको र त्यसको प्रमाण पेश गर्न परे आफू तयार रहेको बताएका थिए।

    त्यसपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति निकालेर भट्टराईलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार