काठमाडौं। गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रमका लागि विश्व बैङ्कले नेपाललाई १० करोड ३० लाख रुपैयाँ माथिको आर्थिक सहयोग गर्ने भएको छ । गुणस्तर स्वास्थ्य प्रणाली सुदृढ कार्यक्रम अन्तर्गत बैङ्कले नेपाललाई सहुलियत ब्याज र अनुदानमा गरी १०३.८४ मिलियन अर्थात १० करोड ३० लाख ८४ हजार रुपैयाँ बराबरको वित्तीय सहयोग गर्ने भएको हो ।
नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमका लागि शुक्रवार स्वास्थ्य, पोषण र जनसङ्ख्या ग्लोबल अभ्यासका लागि अतिरिक्त स्वास्थ्य सचिव, डा.टङ्क बाराकोटी र विश्व बैंक अभ्यास प्रबन्धक, फेङ झाओले संयुक्त रूपमा सहमतिपत्रमा हस्ताक्षर गरे ।
कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको कभरेज बढाउने र प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend