काठमाडौं । नेकपा अध्यक्ष एवंं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको कर्णाली प्रदेशको विवाद मिलाउने सहमित भएको छ । यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेश कमिटीका पदाधिकारीको कुरा सुनेपछि निर्णय लिइने भएको छ।
कर्णाली विद्रोहको विषयमा दुई अध्यक्षले सोमबार, मंगलबार र बुधबार तीन दिन छलफल गरिसकेका छन्। बुधबार दुई अध्यक्षबीच करिब ३ घण्टा छलफल चलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कर्णाली विद्रोहको विषयमा छलफल गर्न दुई अधयक्षले बिहीबारका लागि समय तोकेका छन्। बुधबारै मुख्यमन्त्री शाहीसहित प्रदेश कमिटीका सबै पदाधिकारी काठमाडौं आउने तयारी गरेका छन्।
प्रदेशका मुख्यमन्त्रीसहित सहइन्चार्ज यामलाल कँडेल,अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा आउने भएका छन् । सबै पदाधिकारीका कुरा एक–एक गरेर सनेपछि दुई अध्यक्ष निष्कर्षमा पुग्ने बताइएको छ।
अकस्मात आएको सो विवादलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने साथै भविष्यमा कामगर्ने शैलीमा सहमति गराएर मिलाउने तयारी भएको नेकपानिकट स्रोतले बताएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend