पोखरा । पर्यटकीय नगरी पोखराको बैदाम क्षेत्रमा रातभर खुल्ने गरेका केही नाइट क्लवले राजस्व छली गरेको सूचनापछि राजस्व अनुसन्धान विभागले भदौमा छापा हानेको थियो । तर क्लवका संचालकहरुले राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका विश्वासपात्र निर्देशकलाई सेटिङ गरेर एकै रातमा कुरा मिलाएका छन् ।
गुप्त लामाको क्याटवाक क्लव, महेन्द्र भोटे भन्ने महेन्द्र गुरुङको ट्रेजर क्लव, क्लब सिक्सटीन, किङ्स लाउन्ज क्लव, आइरिस क्लव, त्रिसरा क्लवले कर छली गरेको सूचनाका आधारमा विभागको टोलीले छापा मारेको थियो । राजस्वका निर्देशकलाई ठूलै रकम बुझाएर उनीहरुले उन्मुक्ति पाएको बिषय पोखराको बैदाममा अहिले पनि चर्चा हुने गरेको छ ।
पोखराकोे क्याटवाक क्लवका संचालक गुप्त लामामाथि मिटरब्याजमा पैसा लगाउनेदेखि गुण्डानाइकेहरुसँग मिलेर असुलीमा संलग्न हुने गरेको आरोप छ । हतियार, लागूऔषध मुद्दा र बैंक लुटपाटमा ८ बर्ष जेल बसेर निस्केका गुण्डानाइके बिक्रम लामालाई प्रहरीमा सेटिङ मिलाउने काम गुप्त लामाले गरेका छन् । लेखनाथ र पोखरा आसपासका क्षेत्रमा जग्गा प्लटिङ, सडक निर्माणका ठेकेदारसँग पैसा उठाउने लामालाई प्रहरीमा सेटिङ मिलाएर जोगउने काम गुप्ता लामाले गर्दैआएका छन् ।
केही समयअघि अघि बिक्रम लामाबिरुद्ध प्रहरीमा एक ब्यवसायीले उजुरी हालेका थिए । लामालाई प्रहरीले पक्राउ गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय कास्कीका तत्कालीन एसपी अजय केसीसँग यिनै गुप्ता लामाले सेटिङ मिलाएर पक्राउ हुनबाट जोगाएका थिए । गुप्ता लामाले कास्कीका हालका एसपी मोहन थापासँग पनि आफ्नो सेटिङ रहेको भन्दै आएका छन् । एसपी केसी गएपछि पनि उनीबिरुद्ध परेका उजुरीमा प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाउनुले विक्रम लामालाई खुल्लम खुला असुली गर्न छुट दिएको पुष्टि हुँदै गएको छ ।
यसैगरी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज कार्कीले पनि बैदाम क्षेत्रमा असुली गरेको हिस्सा लिने गरेका छन् । उनले सुरेश रायमाझी र गुप्त लामासँग मिलेर पैसा उठाउने गरेको आरोप छ ।
कार्कीलाई हिस्सा नबुझाउनेलाई उनले झुटा उजुरी हाल्ने, दुःख दिने गर्दैआएका छन् । आईजीपी बसन्तबहादुर कुँवरसँग खिचेको तस्वीर देखाएर मिटरब्याजमा पैसा लगानी गर्ने सुरेश रायमाझीको सेटिङमा युवराज कार्कीले सहायक हवल्दार सुरेश यादवलाई बैदाम क्षेत्रमा घुमुवा राखेका छन् ।
यादव लामो समयदेखि बैदाम क्षेत्रमा घुमुवा छन् । क्याटवाकका संचालक गुप्ता लामा, सुरेश रायमाझीको योजनामा घुमुवा यादवले भारतीय गाडी लिएर पोखरा घुम्न आउने पर्यटकलाई दुःख दिएर पैसा माग्ने गरेको आरोप छ ।
यस्तो ब्यवहारका कारण भारतीय ब्यापारीहरु हैरान हुने गरेका छन् । इन्स्पेक्टर कार्कीले आफ्नै सहकर्मीका बिरुद्ध गण्डकी प्रदेश प्रहरी कार्यालयमा बेनामी वा अर्काको नाममा उजुरी हालेर दुःख दिने गरेको आरोप छ । उनलाई मन नपर्ने, आफूलाई असुली गरी नबुझाउनेहरुका बिरुद्ध कार्कीले उजुरी हालेर दुःख दिने गरेका छन् । घुमुवा यादवमार्फत् कार्कीले पोखराका क्लव, डान्सबारहरुबाट समेत असुली गर्दैआएको आरोप छ ।
राजस्वको छापा, सेटिङमा मिलाइयो
यसैक्रममा राजस्व अनुसन्धान विभागले खटाएको टोलीले भदौ तेस्रो साता पोखराका केही क्लव र ब्यापारिक प्रतिष्ठानमा आकस्मिक छापा हान्यो । पोखरामा रातभर प्रहरी सेटिङमा चल्दैआएका महेन्द्र भोटे भन्ने महेन्द्र गुरुङको ट्रेजर क्लव, गुप्त लामाको क्याटवाक क्लव, क्लब सिक्सटीन, किङ्स लाउन्ज क्लव, आइरिस क्लव, त्रिसरा क्लवले कर छली गरेको सूचनाका आधारमा विभागको टोलीले छापा मारेको थियो ।
छापा मारेर खातापाता र कम्प्युटर ल्याउनुपर्नेमा विभागबाट खटिएको टोलीले क्लवका संचालकहरुसँग मोलमोलाई गरी सेटलमेन्ट गरेर फर्किएको छ । विभागको टोलीले क्लवहरुमा छापा मारेर करोडकै दरले सेटलमेन्ट गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार क्लव संचालकहरुले करोडौं राजस्व छली गरेको भेटिएपछि बिभागमा खातापाता लगेमा झन् धेरै खर्च हुने र हल्लाखल्ला हुने भएकाले तलै सट्याकसुटुक मिलाएका थिए ।
राजस्व अनुसन्धान विभागको टोलीले पोखराका केही ब्यापारीक फर्ममा पनि छापा मारेको थियो । ती फर्ममा पनि छापा मारी नेगोसिएसनमै कुराकानी मिलाएर टोली फर्किएको छ । राजस्व चुहावट नियन्त्रण गर्न गठित विभाग पछिल्ला दिनमा ब्यापारीलाई तर्साउने र असुल्ने निकायका रुपमा बदनाम भएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend