काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले नसिहत कारबाही भोगेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्दलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखसमेत रहेका डीएसपी चन्द गत चैत दोस्रो साता वन्यजन्तुको अंग लुकाइएको घटनामा तानिएका थिए । उक्त प्रकरणमा उनीसहित तीन जना प्रहरी अधिकृतलाई कैलाली प्रहरीले नसिहत कारबाही गरेको थियो । तर, कारबाही भएको करिब डेढ महिनामै उनी फेरि कैलाली प्रहरीको ‘पुलिस अफ द मन्थ’ बन्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले २०८३ साल वैशाख महिनाको “पुलिस अफ द मन्थ” घोषणा गर्दै डीएसपी चन्दलाई बिहीबार सम्मान गरेको हो । कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले उनलाई प्रशंसापत्रसहित सम्मान प्रदान गरेका हुन् ।
कैलाली प्रहरी कार्यालयका अनुसार डीएसपी चन्दले आफ्नो कार्यक्षेत्रमा फरार प्रतिवादी पक्राउ, नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण, सवारी साधन नियन्त्रण तथा राजस्व संकलन, अवैध लागूऔषध नियन्त्रण, अवैध काठ तथा हातहतियार बरामद, घरेलु मदिरा नष्ट गर्ने लगायतका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
यस्तै, समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै स्थानीय तहमा शान्ति सुरक्षा, अमनचयन कायम गर्न तथा सर्वसाधारणमा सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।
\कैलाली प्रहरीले जारी गरेको विवरणमा डीएसपी चन्दले “उच्च व्यवसायिकता, कर्तव्यनिष्ठा र संगठनको नीति निर्देशनको पूर्ण पालना गर्दै प्रहरी संगठनको छवि उच्च राख्न महत्वपूर्ण योगदान पुर्याएको” उल्लेख गरिएको छ । वन्यजन्तु अंग लुकाइएको घटनामा कारबाही भोगेका डीएसपीलाई डेढ महिनामै सम्मान गरिनुमा कैलाली प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय डोटी सरुवा भइसकेका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend