काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले नसिहत कारबाही भोगेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्दलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखसमेत रहेका डीएसपी चन्द गत चैत दोस्रो साता वन्यजन्तुको अंग लुकाइएको घटनामा तानिएका थिए । उक्त प्रकरणमा उनीसहित तीन जना प्रहरी अधिकृतलाई कैलाली प्रहरीले नसिहत कारबाही गरेको थियो । तर, कारबाही भएको करिब डेढ महिनामै उनी फेरि कैलाली प्रहरीको ‘पुलिस अफ द मन्थ’ बन्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले २०८३ साल वैशाख महिनाको “पुलिस अफ द मन्थ” घोषणा गर्दै डीएसपी चन्दलाई बिहीबार सम्मान गरेको हो । कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले उनलाई प्रशंसापत्रसहित सम्मान प्रदान गरेका हुन् ।
कैलाली प्रहरी कार्यालयका अनुसार डीएसपी चन्दले आफ्नो कार्यक्षेत्रमा फरार प्रतिवादी पक्राउ, नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण, सवारी साधन नियन्त्रण तथा राजस्व संकलन, अवैध लागूऔषध नियन्त्रण, अवैध काठ तथा हातहतियार बरामद, घरेलु मदिरा नष्ट गर्ने लगायतका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
यस्तै, समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै स्थानीय तहमा शान्ति सुरक्षा, अमनचयन कायम गर्न तथा सर्वसाधारणमा सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।
\कैलाली प्रहरीले जारी गरेको विवरणमा डीएसपी चन्दले “उच्च व्यवसायिकता, कर्तव्यनिष्ठा र संगठनको नीति निर्देशनको पूर्ण पालना गर्दै प्रहरी संगठनको छवि उच्च राख्न महत्वपूर्ण योगदान पुर्याएको” उल्लेख गरिएको छ । वन्यजन्तु अंग लुकाइएको घटनामा कारबाही भोगेका डीएसपीलाई डेढ महिनामै सम्मान गरिनुमा कैलाली प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय डोटी सरुवा भइसकेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend