काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धको प्रमाण नष्ट गरेर अनुकूल अनुसन्धान गरेको गुन तिर्न जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापालाई प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा उपहार दिने तयारी थालेका छन् ।
हाल कर्मचारी प्रशासन शाखाका प्रमुख एसपी अर्जुन तिमिल्सिनालाई मकवानपुरको प्रमुखमा सरुवा गरेर थापालाई त्यहाँ ल्याउन लागिएको हो ।
त्यस्तै तनहुँका एसपी अपिलराज बोहरा, धादिङका एसपी गौतम केसी, धनुषाका भुवनेश्वर तिवारी पनि फिर्ता हुने सूचीमा छन् ।
नवलपुरका एसपी नरहरि रेग्मी, कपिलवस्तुका नवरत्न पौडेल र दाङका एसपी रामबहादुर केसीलाई समेत फिर्ता गर्न तयारी छ । दाङमा प्रधानमन्त्री प्रचण्डका पूर्व पिएसओ नरेशराज सुवेदीलाई पठाइँदैछ । सुवेदी हाल ललितपुर परिसरमा कार्यरत छन् ।
कास्की एसपी थापाले गुण्डनाइके बिक्रम लामा, धनबहादुर छन्त्याल(लक्ष्मण) र सागर रानाभाटको समूहलाई संरक्षण गरी लाभ लिने गरेको आरोप छ । लामा सहितको गुण्डानाइकेको समूहले गएको बैशाख अन्ति साता गण्डकी प्रदेशसभाका प्रभावशाली सांसद तथा पूर्वमन्त्री बिन्दुकुमार थापामाथि आक्रमण प्रयास गरेका थिए भने उनका पीए गोपाल नेपालीलाई त कुटपिट नै गरेका थिए ।
सांसद थापा पोखराका प्रतिष्ठित ब्यापारी पनि हुन् । उनलाई आक्रमण गर्ने गुण्डानाइकेको समूहको नदीजन्य पदार्थ दोहनदेखि मिटरब्याजको धन्दामा एसपी थापाले संरक्षण गर्दैआएका छन् । र, सांसदमाथि आक्रमण गरेको जाहेरी लिएर जाँदा पनि उनले पक्राउ नगरी संरक्षण गरेका छन् ।
लामाको समूहले अनुमतिविना जग्गा प्लटिङ गर्न खोज्दा रोकेकै कारण सांसद थापामाथि कुटपिट गर्न तम्सिएका थिए भने उनका पीएलाई कुटेका थिए । विक्रम लामालगायतको गुण्डानाइकेको समूह र प्रहरीका एसपी थापासँग सेटिङ मिलाइदिने काम भने क्याटवाक क्लवका संचालक गुप्ता लामाले गरेको स्रोत बताउँछ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend