Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीको ठगी प्रमाण नष्ट गरेको गुन तिर्न एसपी थापालाई कर्मचारी प्रशासनमा ल्याइँदै


    आइतबार, असार ३ २०८१
    3.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धको प्रमाण नष्ट गरेर अनुकूल अनुसन्धान गरेको गुन तिर्न जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापालाई प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा उपहार दिने तयारी थालेका छन् ।

    हाल कर्मचारी प्रशासन शाखाका प्रमुख एसपी अर्जुन तिमिल्सिनालाई मकवानपुरको प्रमुखमा सरुवा गरेर थापालाई त्यहाँ ल्याउन लागिएको हो ।

    त्यस्तै तनहुँका एसपी अपिलराज बोहरा, धादिङका एसपी गौतम केसी, धनुषाका भुवनेश्वर तिवारी पनि फिर्ता हुने सूचीमा छन् ।

    नवलपुरका एसपी नरहरि रेग्मी, कपिलवस्तुका नवरत्न पौडेल र दाङका एसपी रामबहादुर केसीलाई समेत फिर्ता गर्न तयारी छ । दाङमा प्रधानमन्त्री प्रचण्डका पूर्व पिएसओ नरेशराज सुवेदीलाई पठाइँदैछ । सुवेदी हाल ललितपुर परिसरमा कार्यरत छन् ।

    कास्की एसपी थापाले गुण्डनाइके बिक्रम लामा, धनबहादुर छन्त्याल(लक्ष्मण) र सागर रानाभाटको समूहलाई संरक्षण गरी लाभ लिने गरेको आरोप छ । लामा सहितको गुण्डानाइकेको समूहले गएको बैशाख अन्ति साता गण्डकी प्रदेशसभाका प्रभावशाली सांसद तथा पूर्वमन्त्री बिन्दुकुमार थापामाथि आक्रमण प्रयास गरेका थिए भने उनका पीए गोपाल नेपालीलाई त कुटपिट नै गरेका थिए ।

    सांसद थापा पोखराका प्रतिष्ठित ब्यापारी पनि हुन् । उनलाई आक्रमण गर्ने गुण्डानाइकेको समूहको नदीजन्य पदार्थ दोहनदेखि मिटरब्याजको धन्दामा एसपी थापाले संरक्षण गर्दैआएका छन् । र, सांसदमाथि आक्रमण गरेको जाहेरी लिएर जाँदा पनि उनले पक्राउ नगरी संरक्षण गरेका छन् ।

    लामाको समूहले अनुमतिविना जग्गा प्लटिङ गर्न खोज्दा रोकेकै कारण सांसद थापामाथि कुटपिट गर्न तम्सिएका थिए भने उनका पीएलाई कुटेका थिए । विक्रम लामालगायतको गुण्डानाइकेको समूह र प्रहरीका एसपी थापासँग सेटिङ मिलाइदिने काम भने क्याटवाक क्लवका संचालक गुप्ता लामाले गरेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार