Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेताको संरक्षणमा रहेका गुण्डानाइके बिक्रम लामा पोखरामा पक्राउ


    सोमबार, बैशाख १० २०८१
    2.6K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • पोखरा । तनहुँको कोत्रेदेखि पोखरासम्म गुण्डागर्दी र हप्ता असुली गर्ने गुण्डानाइके विक्रम लामालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले सोमबार बिहानै लामालाई पक्राउ गरेको हो ।

    तनहुँका कांग्रेस सांसद शंकर भण्डारीको संरक्षणमा मापदण्ड बिपरीत क्रसर संचालन गर्नेदेखि धेरै काण्डमा मुछिएका र जेल समेत परेका गुण्डानाइके विक्रम लामालाई प्रहरीले पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले गरेका छन् । एसपी थापाले लामा पक्राउ गरिएकोबारेमा भने–गृहमन्त्रालयमा उजुरी परेपछि उनलाई पक्राउ गर्न टोली खटाइएको बताए ।

    गृहमन्त्री रवि लामिछानेले काठमाडौंको पर्यटकीय बजार ठमेल २४ घन्टै खुल्ला गरेपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दा गुण्डागर्दी नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । कास्की प्रहरीले पोखरामा गुण्डागर्दी गर्ने लामालाई पक्राउ गरेपछि गृहमन्त्री लामिछानेको अभिब्यक्तिको पालना गर्छ कि छाड्छ, त्यो भने हेर्न बाँकी छ । पोखरामा बिक्रम लामाको गुण्डागर्दी यति चरम सीमामा पुगेको छ कि उनको ज्यादतिका बिरुद्ध कोही पनि ज्यान खतरामा पर्ने भयले उजुरीसम्म गर्न डराउने गरेको स्रोत बताउँछ ।

    को हुन् विक्रम लामा ?

    हातहतियार, लागूऔषध तथा बैंक लुटपाट मुद्दामा जेल सजाय भोगेर करिब दुई वर्षअघि छुटेका गुण्डा नाइके विक्रम लामाले पोखरामा व्यवसायीमाथि आक्रमण गर्दा समेत उनलाई प्रहरीले पक्राउ नगरी उन्मुक्ति दिएको थियो ।

    रिठ्ठेपानीमा रहेको रेशम एग्रो इन्डस्ट्रीज प्रा।लि। का सञ्चालक रेशम कुमालले बैंक, सहकारी र विभिन्न व्यक्तिहरुसँग गरी झण्डै ३५ करोड उठाएर तिर्नुपर्ने व्यक्तिहरुलाई गुण्डा नाइके लामामार्फत् धम्की दिंदै आएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा २०८० असारमा केही पीडितहरुले उजुरी दिएका थिए । तर जिल्ला प्रहरी कार्यालय कास्कीका तत्कालीन एसपी अजय केसीले उनलाई पक्राउ गर्नुको साटो उल्टै संरक्षण गरेका थिए ।

    कुमालले गुण्डागर्दी शैलीमा पैसा फिर्ता नगरी कहिले दिपक मनाङे त विक्रम लामालाई सँगै राखेर ऋण तिर्नुपर्ने व्यक्तिहरुलाई तर्साउने गरेको बिषयमा प्रहरीमा जाहेरी दिंदा पनि तत्कालीन एसपी केसीले लामालाई पक्राउ नगरी संरक्षण गरेका थिए ।

    कुमालले माइकल गुरुङबाट ३ करोड, ऋषि चापागाईंबाट ५ करोड ८५ लाख, सहिबहादुर गुरुङबाट ६५ लाख, अर्जुन सापकोटाबाट ५० लाख, हरिराम भण्डारी र उनका पार्टनरबाट गरी २ करोड तथा अर्का व्यवसायी सञ्जय पौडेलसँग ४ करोड ५० लाख लिएर साँवा ब्याज फिर्ता नगरी लामामार्फत् तर्साउने गरेका थिए ।

    कुमालले मीन भण्डारीबाट १ करोड ५० लाख, राधिका कुमालबाट ४० लाख, सीए समेत रहेका प्रकाश अधिकारीबाट ३३ लाख र प्रमोद अधिकारीबाट २ करोड ३४ लाख पनि फिर्ता गर्नुको साटो लामामार्फत् धम्की दिंदैआएको किटानी जाहेरी समेत केसीले दर्ता नगरेको आरोप लागेको थियो ।

    प्रहरीले जाहेरी लिन नमानेपछि जिल्ला प्रशासन कार्यालय कास्कीमा कारबाहीको माग गर्दै पीडितले निवेदन दिएपछि कुमालले बिक्रम लामामार्फत् धम्क्याएका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले कुमाल र विक्रम लामालाई पक्राउ गर्न निर्देशन दिंदा पनि एसपी केसीले त्यसको पालना गर्न उदासिनता देखाएका थिए ।  पोखरामा कुमालले गरेका अबैध असुलीको संरक्षण बिक्रम लामाले गर्दैआएका छन् ।

    यसैगरी, २०८० मंसिर २९ गते शुक्रबार बेलुका क्याटवाक क्लवमा भएको कुटाकुटमा समेत गुण्डनाइके बिक्रम लामा मुछिएका थिए । क्याटवाक क्लवका संचालक गुप्त लामाले वैदामको प्रहरीलाई बोलाएर सुरेश रायमाझीको समूहलाई भ्यानमा राखी बैदाम पुर्याउन लगाए । रायमाझी र गुप्त लामा अत्यन्तै निकटका व्यक्ति हुन् ।

    हतियार, लागूऔषध मुद्दा र बैंक लुटपाटमा ८ बर्ष जेल बसेर निस्केका गुण्डानाइके बिक्रम लामालाई प्रहरीमा सेटिङ मिलाएर गुप्त लामाले जोगाउँदैआएका छन् । लेखनाथ र पोखरा आसपासका क्षेत्रमा जग्गा प्लटिङ, सडक निर्माणका ठेकेदारसँग धम्क्याएर पैसा उठाउने विक्रमलाई जोगाउन प्रहरीमा सेटिङ मिलाउने गुप्त लामा हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार