काठमाडौं । बारम्बार झगडा भइरहने पोखराको लेकसाइडस्थित क्याटवाक क्लवअगाडि बिहीबार (माघ १७) गते फेरि दुई समूहबीच हानाहान भएको छ । क्वाटवाक क्लवका बाउन्सर र क्लव आर्ईभीवाईका बाउन्सरबीच हानाहान भएको थियो ।
कुटाकुटमा क्लव आर्ईभीवाईका बाउन्सर अमित गुरुङ गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र हात भाँचिएको छ । टाउकोमा गम्भीर चोट लागेकाले उनले बमिट नै गरेका थिए । अमित गुरुङको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अमित गुरुङमाथि क्वाटवाकका बाउन्सरले आक्रमण गरेका थिए । जसमा क्वाटवाकका बाउन्सर जीवन ओलीको पनि नाक भाँचिएको छ ।
उक्त कुटाकुट क्वाटवाक क्लव संचालक गुप्त लामाको डिजाइनमा भएको स्रोतको दाबी छ । लेकसाइडमा रहेको वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज डीएसपी सन्तोष निरौलाले क्वाटवाक अगाडि भए पनि क्लबको कुनै भूमिका नभएको भन्दै संचालक गुप्त लामाको बचाउ गरेका छन् । उनले भने–बाटोमा कुटाकुट भएको हो । कुटाकुट गर्नेहरु क्लवमा काम गर्ने होलान्, तर क्लवकै संलग्नता छैन ।’
डीएसपी निरौलाले घटनालगत्तै बिहीबार नै क्लव आईभीवाईका संचालक नाना छन्त्याललाई पक्राउ गरेका थिए । क्लव आईभीवाई घटनास्थल भन्दा टाढा भए पनि संचालकलाई पक्राउ गरिनु र घटना भएको स्थानसँगैको क्वाटवाक क्लवका संचालक गुप्त लामालाई भने नसमातिनुले पनि प्रहरीको भूमिकाप्रति प्रश्न उठेको छ । प्रहरी स्रोतका अनुसार घटना घटाउन भूमिका भएको आरोप लागेका गुप्त लामाले उल्टै क्लव आईभीवाईका संचालक छन्त्यालबिरुद्ध शरीर बन्धक र अभद्र ब्यवहारमा जाहेरी दिएका थिए ।
गुप्त लामाले नै आफ्नो क्लवका बाउन्सरलाई लगाएर क्लव आईभीवाईका बाउन्सर गुरुङलाई टाउकोमा गम्भीर चोट लाग्नेगरी कुटेर प्रहरीसँगको सेटिङमा उल्टो जाहेरी दिएको आरोप छ । क्याटवाक क्लवका संचालक गुप्त लामाको प्रभावमा परी प्रहरीले आईभीवाई क्लवका संचालक छन्त्याललाई पक्राउ गरी गुप्त लामाका बिरुद्ध जाहेरी नदिने सर्तमा सुटुक्क छाडेको छ । डीएसपी निरौलाले आईभीवाई क्लबका संचालक छन्त्याललाई पक्राउ नगरिएको दाबी नेपालफेस प्रतिनिधिसँग गरेका छन् ।
क्वाटवाक क्लबका गुप्त लामाले वडा प्रहरी बैदामसँग सेटिङ गरी अरु क्लवमा ग्राहकहरु धेरै जान थाले प्रहरी पठाउन लगाई डिष्टर्ब गर्न लगाउने गरेको आरोप छ । बैदाममा खटिने प्रहरीका हाकिमलाई खुसी पारी उनले अरु क्लवमा प्रहरी खटाउने र दुःख दिने गरेको बिषय पटक पटक मिडियाले उठाउँदैआएका छन् ।
गएको बर्ष मंसिर अन्तिममा क्वाटवाक क्लवमा सुरेश रायमाझी, सुरज थापा, अमित अधिकारीलगायतको ७–८ जनाको समूह र गुप्त लामाको समूहबीच भनाभन भएपछि हानाहान भएको थियो । त्यो समयमा पनि गुप्त लामाले बैदामको प्रहरीलाई बोलाएर रायमाझीको समूहलाई भ्यानमा राखी बैदाम पुर्याउन लगाएका थिए । लामा र रायमाझी एउटै समूहका भएकाले यो घटनालाई प्रहरीले नै मिलाएको थियो ।
क्याटवाकका सञ्चालक गुप्त लामामाथि मिटरब्याजमा पैसा लगाउनेदेखि गुण्डानाइकेहरुसँग मिलेर असुलीमा संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । हतियार, लागूऔषध मुद्दा र बैंक लुटपाटमा ८ बर्ष जेल बसेर निस्केका गुण्डानाइके बिक्रम लामालाई प्रहरीमा सेटिङ मिलाएर गुप्त लामाले जोगाएको पनि खुलेको छ ।
लेखनाथ र पोखरा आसपासका क्षेत्रमा जग्गा प्लटिङ, सडक निर्माणका ठेकेदारसँग पैसा उठाउने विक्रमलाई प्रहरीमा सेटिङ मिलाएपछि अहिले पनि उनको असुली धन्दा जारी रहेको छ । फेवातालको मापदण्डभित्र पर्ने क्याटवाक नामक क्लबमा पटक– पटक झगडा र ग्याङ फाइट हुने गरे पनि प्रहरीले थाहा नपाएकोजस्तै गर्दैआएका छन् ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend