काठमाडौं। वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै पैसा ठगी गरेको आरोपमा दुई जना परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय निमराज डाँगी र पाल्पा घर काठमाडौ बस्ने ३३ वर्षीय चक्र पोखरेल रहेका छन् ।
डाँगीले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दैj १० लाख रुपैयाँ ठगी गरेका थिए । पटक–पटक रकम लिएर उनी सम्पर्कविहीन बनेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गोङ्गबुबाट पक्राउ गरेको हो ।
पोखरेलले दीपेश तामाङ कुवेत पठाइदिन्छु भन्दै १ लाख ८६ हजार रुपैयाँ रकम लिएर सम्पर्क विहीन बनेका थिए । उनलाई वसुन्धराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend