Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वामदेवविरुद्धको मुद्दामा आज पनि सुनुवाई नहुने


    बुधबार, असोज २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभामा मनोनित भएका वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाई बुधबार पनि नहुने भएको छ ।

    सर्वोच्चका न्यायाधीश तथा कर्मचारीमा संक्रमण देखिएसँगै मुद्दाहरुको सुनुवाई प्रभावित भएको छ । वामदेवको मुद्दाको पनि सुनुवाई धकेलिने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार संवैधानिक इजलास नतोकेकाले वामदेव मुद्दा पछि धकेलिएको छ । सर्वोच्चमा साताको बुधबार र शुक्रबार संवैधानिक इजलास तोकिन्छ ।

    असोज १६ शुक्रबार वामदेव पक्षका वकिलहरु धेरै भएका कारण सुनुवाई नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । त्यसपछि असोज २१ र असोज २३ मा प्रधानन्यायाधीशसहित अन्य न्यायाधीश र कर्मचारीहरु होम आइसोलेसनमा भएकाले सुनुवाई हुन सकेन । आज बुधबार पनि अधिकांश न्यायाधीशको होमआइसोलेसनमा भएका कारण संवैधानिक इजलास तोकिएन ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै असोज ५ गते रिट दायर गरेका थिए।

    प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार