Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा मिनी ट्रक दुर्घटना, १ को मृत्यु, १७ जना घाइते


    मंगलबार, मंसिर ५ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भीमदत्त राजमार्ग अन्तरर्गत कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।

    गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    उक्त दुर्घटनामा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको घटनास्थलमै मृत्यु भएको हो।

    दुर्घटनामा घाइते १७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ।

    दुर्घटनापछि ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार