Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मुख्यमन्त्री शाहीद्वारा पार्टीको सचेतकमा कुर्मराज शाही नियुक्त


    मंगलबार, असोज २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् ।

    शाही कालिकोटबाट निर्वाचित हुन् । हिजोमात्रै मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर उनको ठाउँमा सीता नेपालीलाई ल्याएका थिए ।

    नेपाली पहिले सचेतकको जिम्मेवारीमा थिइन् । आइतबार नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

    मुख्यमन्त्री शाहीलाई वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरुले साथ दिने सहमति भएको छ । मुख्यमन्त्री शाहीले नेपाल समूहका सांसदलाई मन्त्री बनाउनेगरि आजै मन्त्रिमण्डल पूनर्गठनको तयारी समेत गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार