Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • झापाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ


    आइतबार, मंसिर ३ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। झापाको मेचीपुल र सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० धुलाबारी बस्ने २० वर्षीय रोहित कुमार पोदार र शिवसताक्षी नगरपालिका-१ बस्ने २९ वर्षीया कमला राउत रहेका छन् ।
    लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले रोहित कुमार पोदारलाई मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ३ ग्राम ३ सय मिलिग्रामसहित पक्राउ गरेको हो । साथै प्रहरी चौकी टाघनडुब्बा र बिओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले कमला राउतलाई झापा गाउँपालिका-४ स्थित सुकुम्बासी टोल जाने बाटोबाट १ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
    प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार