काठमाण्डु। राजतन्त्रको पक्षमा माहौल बनेको देख्दा राप्रपा नेपालका अध्यक्ष कमल थापाले खुशी र गौरवको अनुभूति भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले राजा सहितको प्रजातन्त्र र हिन्दू राज्यको माग गर्ने जुनसुकै समूहलाई राप्रपा नेपालले समर्थन गर्ने बताए ।
राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दाबी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूको विकल्प राजसंस्था नभएको बताए । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिँड्ने एक मात्र दल राप्रपा नेपाल हो, संख्याको कमीले संविधान सभाबाट राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न नसके तापनि जनताको अभिमतबाट हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ,’ उनले भने, ‘यही अधिकारका कारण राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन् ।’
विभिन्न दल, व्यक्ति र समूह राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुशी र गौरवको अनुभूति भएको उनले बताए ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend