काठमाडौं । अघिल्लो वर्षको तुलनामा सन् २०२३ को पहिलो १० महिनामा झन्डै दुई गुणा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा आठ लाख ९ हजार ६७८ पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ।
अघिल्लो वर्ष सन् २०२२ को पहिलो १० महिनामा चार लाख ७३ हजार ५६३ पर्यटक भित्रिएका थिए ।
अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो १० महिनामा तीन लाख ३६ हजार ११५ जना बढी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।सन् २०१९ पछि सबैभन्दा बढी पर्यटक यस वर्ष नेपाल भित्रिएका छन् ।
बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा मात्र नेपालमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल घुम्न आएका छन् ।
सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगष्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०१९ को अन्तमा चीनबाट कोरोना भाइरस विश्वभर फैलिएपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा ठूलो गिरावट आएको थियो ।
नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा नै भित्रिएका थिए । उक्त वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए ।
कोरोना महामारी नियन्त्रण गर्न विश्वका अधिकांश देशले लकडाउनको सहारा लिएपछि नेपाल आउने पर्यटकको संख्या घटेको थियो । कोरोना माहामारी सुरु भएपछि यस वर्ष सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखाउँछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend