??????? , ?? ??????? ?
???????? ?? ????????? ???? ???????? ???
???????? ?? ????????? ????? ??????? ???? ???? ?????? ???????? ??? ???????? ???? ????????? ? ???????? ???????? ??????????? ? ??????? ?????? ????÷????
काठमाण्डौ। बढ्दो चिसोले जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावितहरुको जनजीवन कष्टकर बन्दै गएको छ।
बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा उक्त जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । घर भत्केका र चर्केका उनीहरु खुला आकाशमुनि बसिरहेका छन् ।
तत्काल राहतका त्रिपाल, फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए । तर त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका हुन् । बालबालिका, सुत्केरी र वृद्धवृद्धा चिसो सहन नसकी बिरामी परेका छन् ।
त्रिपालको भरमा केटाकेटी र बुढाबुढी जोगाउन गाह्रो परेको जाजरकोटको नलगाड–१, चिउरीका सन्तोष कुमाइको गुनासो छ । चिसो बढ्न थालेसँगै पीडितलाई कसरी जोगाउने भन्ने अर्को चिन्ता थपिएको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बताए ।
एकसरो त्रिपाल, कम्बल र केही राहत सामग्री दिए पनि चिसोबाट बचाउन स्थायी संरचना बनाउन ढिला हुने भएकाले थप समस्या देखिएको घर्तीले बताए । सरकारले तत्काल अस्थायी संरचना निर्माणका साथै पुनर्निर्माणका काम थाल्ने भने पनि अहिले बालबालिका, सुत्केरी, वृद्धवृद्धा बिरामी हुन थालेका छन् ।
भूकम्पको केन्द्रबिन्दु जाजरकोट यसअघि पनि झाडापखालाबाट निक्कै प्रभावित भएको जिल्ला हो । अहिले पनि रुघाखोकी, ज्वरो र अन्य सरुवा रोगको जोखिम बढेको छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend