Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरीमा डुबेर ५३ वर्षका पुरुषको मृत्यु


    बुधबार, कार्तिक २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

    भक्तपुर नगरपालिका १ मा रहेको दुधपाटी नपुखु पोखरीमा डुबेर भक्तपुर ४ नासमाना घर भएका ५३ वर्षीय सुमन राजभण्डारीको मृत्यु भएको हो।

    पोखरीमा मानिस डुबेको खबर पाएपछि पुगेको प्रहरीले भण्डारीलाई पोखरीबाट निकालेर उपचारको लागि भक्तपुर अस्पताल लगेको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको हो।

    उक्त घटनाका सम्बन्धमा प्रहरी परिसर भक्तपुरले अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार