काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले टिकटक बन्द गर्ने सन्दर्भमा सत्तापक्षीय र विपक्षी सबै दलको सहमति रहेको बताएपछि लामिछानेले आफूहरूको कुनै सहमति नरहेको बताएका हुन् । उनले टिकटक बन्द गर्ने सन्दर्भमा आफूसहित रास्वपाका कुनै पनि नेतासँग सहमति नभएको बताएका छन् ।
उनले सहमति दिएका दलहरूबारे प्रस्ट पार्न पनि आग्रह गरेका छन् ।
“प्रधानमन्त्रीज्यूले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपूर्ण अभिव्यक्ति दिनुभयो । टिकटक बन्द गर्ने सन्दर्भमा सत्तापक्षीय र विपक्षी सबै दलको सहमति र छलफलपछि निर्णयमा पुगेको बताउनुभयो । मलगायत रास्वपाका कुनै नेतासँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन । छँदै छैन । प्रधानमन्त्रीज्यूले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुने छ भन्ने विश्वास लिएको छु,” उनले फेसबुकमा भनेका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend