जनकपुरधाम । धनुषामा इन्डियन ट्रकले ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । सोमबार राति पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज११प१२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा धनुषाधाम नगरपालिका ९ मालटोलमा २ जनाको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट धनुषाधाम नगरपालिका ९ का अन्दाजी १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तानको मृत्यु भएको हो ।
उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी एवं प्रवक्ता रन्जन अवांंले जानकारी दिए ।
मृतकहरुको शव अहिले पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम राखिएको छ ।
ठक्कर दिने नियन्त्रणमा लिइएको तर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend