हेटौँडा । एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिकाबाट सस्तोमा मोटरसाइकल मिलाइदिने आश्वासनसहित एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर थाहा नगरपालिका वडा नगरपालिका–३ भञ्जाङ डाँडास्थित खाप्चे खोलास्थित जंगलमा लगेर लुटपाट गर्ने २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार गत कात्तिक २४ गते दिउँसो २ः३० बजेको समयमा सस्तोमा २०० सिसिको मोटरसाइकल मिलाइदिन्छु भनी उक्त स्थानमा लगेर लुटपाट गर्ने २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–२ वैकुण्ठ बोटटोल बस्ने वर्ष २५ को विशाल मुक्तान र कैलाश–२ वैकुण्ठ खारे टोल बस्ने वर्ष ३१ को रुद्र मुक्तान (टोकल माइला) लाई पक्राउ गरिएको हो । प्रहरीले विशाललाई २६ र रुद्रलाई २७ गते पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको अनुसन्धान टोलीले खोजतलासको क्रममा कैलाश–२ मा लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूको साथबाट लुटपाट गरिएको १४ हजार ५० रुपैयाँ बरामद भएको प्रवक्ता भण्डारीले बताए ।
विगत १ वर्ष अगाडि काठमाडौँमा घर बनाउने काम गर्ने सिलसिलामा चिनजान भएको विशालले सस्तोमा २०० सिसिको मोटरसाइकल मिलाइदिन्छु भनी ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–५ का हाल झापा भद्रपुर नगरपालिका–३ बस्ने नरेन्द्र लिम्बुलाई बोलाएर लुटपाट गरेका थिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend