Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • हुम्लाबाट उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा समस्या देखिएपछि यात्रुलाई ओरालियो


    सोमबार, कार्तिक २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हुम्ला । हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।

    नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको छ । यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन् ।

    हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ । सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ ।

    उक्त हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार