Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मंगलबारका लागि बोलाइयो नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठक


    सोमबार, असोज २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न नेकपाले मगंलबार १ बजे बैठक बोलाएको हो।

    नेकपा अन्तर्गतका पूर्व एमालेनिकट १८ सांसदले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।

    यसअघि पनि मुख्यमन्त्री शाहीविरुद्ध अहिलेकै समूहले हस्ताक्षर अभियान चलाएपनि सफल हुन सकेको थिएन । अहिले पनि प्रदेशको विवादमा केन्द्रमा समेत छलफल भैसकेको छ । 

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर अविश्वासको प्रस्ताव रोक्नको लागि भनिसकेका छन् । अहिले यो प्रस्ताव नरोकिएमा नेकपाभित्रको विवाद बढ्ने नेकपाकै नेताहरु बताइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार