Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • जाजरकोटमा फेरि भूकम्पको धक्का


    बिहिबार, कार्तिक २३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो ।

    जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरकी प्रमुख मोनिका झाले जानकारी दिइन् । सबैभन्दा शक्तिशाली परकम्प भने गत २० गतेको ५.८ म्याग्निच्युडको थियो । उक्त परकम्पको केन्द्र पनि बारेकोट गाउँपालिका-१ रामीडाँडा नै थियो ।

    जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गइसकेको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार