Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोट भूकम्प: प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाखभन्दा बढी रकम जम्मा


    बुधबार, कार्तिक २२ २०८०
    980
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाख ९८ हजार नाै सय ८८ रुपैयाँ जम्मा गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाजरकोट भूकम्पपीडितलाई सहयोग जुटाएको हो । मन्त्रालयले प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाख ९८ हजार नाै सय ८८ रुपैयाँ जम्मा गरेको छ । मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम मन्त्री सुदन किराँतीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा पुगेर हस्तान्तरण गरेका छन् ।

    मन्त्रालयअन्तर्गत रकम जम्मा गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरणले एक करोड, नेपाल वायुसेवा निगमले २५ लाख, पर्यटन बाेर्डले ५० लाख, पशुपति क्षेत्र विकास कोषले २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण संघले ३१ लाख ११ हजार एक सय ११, एयर डाइनेस्टी हेलिकोप्टरले ११ लाख ११ हजार एक सय ११, कैलाश हलिकोप्टरले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

    यस्तै, क्यासिनो मोजाङले पाँच लाख, क्यासिनो मोजाङ नेपालगन्जले पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौंले पाँच लाख, क्यासिनो वेलिज काठमाडौंले पाँच लाख, क्यासिनो प्राइड काठमाडौंले पाँच लाख, क्यासिनो प्यालेस काठमाडौंले पाँच लाख, क्यासिनो प्यालेस झापाले पाँच लाख रुपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार