काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भत्किएका र चर्किएका सबै घरहरु छिटो पुनर्निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन् ।
बाहिरबाट हेर्दा चर्किएको मात्र देखिएका घरहरु जोखिमपूर्ण रहेको भन्दै उनले ती घरहरु पहिलो झरी पनि थेग्न सक्ने अवस्थामा नरहेको अनुमान गरे ।
गृहजिल्ला रुकुम पश्चिमका भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाको काममा सक्रिय शर्माले पीडितसँगको संवाद र चर्केका घरहरुको अवलोकनपछि भूकम्प प्रभावित कुनै पनि घर काम नलाग्ने अवस्थामा रहेको निष्कर्षमा पुगेका हुन् ।
भूकम्पलगत्तै प्रधानमन्त्री प्रचण्डसँगै रुकुम पश्चिम पुगेका उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘एउटा ठूलो भूकम्प र त्यसका करिब साढे चार परकम्प झेलेका कच्ची घरहरु अब सग्ला रहने कल्पना गर्न सकिँदैन । संभवत तीमध्ये अधिकांशले हिउँदे झरी थेग्न सक्ने छैनन् । थोरै बँचेका घरहरु आगामी वर्षायामको पहिलो झरीमै ढल्छन् । त्यसकारण ती घरहरु पन्छाएर पुनर्निर्माणतिर लाग्नुको विकल्प छैन ।’
यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसँगै छिमेकी जिल्ला रुकुमपश्चिममा पनि ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको तथ्यांक हेर्दा मानवीय क्षति रुकुम पश्चिमको तुलनामा जाजरकोटमा धेरै छ भने घर क्षति जाजरकोटमा भन्दा रुकुम पश्चिममा धेरै छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend