Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै


    बुधबार, कार्तिक २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी नेपाल भ्रमणमा आउँदै छन् । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउने भएका हुन् ।

    नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ ।

    बिहीबार बिहान ८ बजे उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ । सोही दिन बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्दै छन् । यी भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान-प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार