काठमाडौँ । आज मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक आज थप ११.२२ अंकले बढ्दै १८ सय ५८.७६ अंकमा उक्लिन पुगेको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.४६ अंकले बढ्दै ३५८.१९ अंकमा उक्लिएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले जनाएको छ । त्यस्तै निर्जीवन बीमा समूह अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । निर्जीवन बीमा समूहको उपसूचक भने आज ०.१८ प्रतिशतले घटेको छ ।
११ अंकले नेप्से सूचक बढेको यस दिन झन्डै अर्ब रुपैयाँ (९९ करोड ६५ लाख ८६ हजार) बराबरको कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२६ प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend