Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसपी खड्कालाई जिम्मेवारीबाट हटाएपछि गृहमन्त्रालयले आरतीका बुवालाई वार्तामा बोलायो


    मंगलबार, कार्तिक २१ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाएलगत्तै गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ ।

    गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् । घटनामा उनका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा थिए । उनीहरूले खड्कालाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै आएका थिए ।

    खड्कालाई प्रहरी प्रधान कार्यालयले हटाएपछि गृहले वार्ताका लागि बोलाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार